समाज


भिजिट भिसामा भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश, न्यायाधीश श्रेष्ठको थुनामै राख्नपर्ने मत

भिजिट भिसामा भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश, न्यायाधीश श्रेष्ठको थुनामै राख्नपर्ने मत

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार २३:४८, काठमाडौँ

भिजिट भिसामा सेटिङ गरेर घुस खाएको आरोपमा तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग गरिएको छ। विशेष अदालतले शुक्रबार भट्टराईसँग २५ लाख धरौटी माग गर्ने आदेश बहुमतले गरेको हो। 

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, नारायण प्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले बहुमतबाट २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सोही इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले भने थुनामै राख्न पर्ने राय राखेका छन्।

भट्टराईले विमानस्थल अध्यागमन प्रमुख हुँदा ७९ लाख ८० हजार घुस लिएको आरोपमा अख्तियारले बिहीबार मुद्दा दायर गरेको थियो। तर धरौटीमा छाड्ने आदेश गर्दा न्यायाधीश पौडेल र भट्टले केही तर्कसमेत प्रस्तुत गरेका छन्। 

भट्टराईबाट रकम बरामद नभएको, पीडित भनिएका २५७ जनामध्ये कोही कसैको पनि उजुरी परेको अवस्था नदेखिएको उल्लेख छ। तर मिसिल संलग्न उजुरी, भट्टराईले प्रयोग गर्ने मोवाइलको फरेन्सिक परीक्षण प्रतिवेदन, डायरीका पानाहरूमा उल्लेखित यात्रुहरूको नामावलीसहितको विवरण, डायरीमा फेला परेको टिपोर्ट, वाट्सएप म्यासेजमा उल्लेखित विवरणलगायतलाई आधार मान्दै धरौटी माग गर्ने आदेश दिएको छ। 

न्यायाधीश भट्टको फरक मतमा भने छुट्टै तर्क छन्। उनले भिजिट भिसामा एक लाख ५३ हजार ९७४ जना विदेश गएकोमा ४२ हजार ३५७ जना फिर्ता नआएको, प्रतिवादीबाट बरामद डायरी, मोबाइल तथा ल्यापटपमा टिपिएका २५७ जनाको नाम र उक्त विवरण प्रतिवादी भट्टराईले स्वीकार गरेको तथ्यलाई भट्टले थुनामै राख्नपर्ने आधारका रूपमा प्रस्तुत गरेका छन्। 

टिपोटमा सांकेतिक हिसावकिताव उल्लेख गर्नु, भट्टराई र अन्यप्रतिवादीबिच पटकपटक संवाद भएको तथ्य फेला पर्नु, उनले अर्का प्रतिवादीको नाममा घरजग्गा कारोबार गर्नुलगायतका आधारमा भट्टराईलाई थुनामै राख्नपर्ने भट्टको राय छ। 

अध्यागमनजस्तो संवेदनशील सार्वजनिक सेवासँग जोडिएको। भिजिट भिसा बाट वैदेशिक रोजगारमा जाँदा सम्बन्धित पक्षले बेहोर्नुपर्ने जोखिम र प्रतिवादीको पदीय जिम्मेवारीलाई आधार देखाउँदै थुनामै राख्नपर्ने राय न्यायाधीश भट्टले दिएका छन्।

तर उनको राय अल्पमतमा पर्दा दुई न्यायाधीशको २५ लाख धरौटीमा छाड्ने आदेश नै कार्यन्वयन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad