सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।
हरिहरपुरगढी २ श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईको शुक्रबार साँझ चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पानीघट्टमा काम गर्न गएका बुबालाई खाना पु¥याएर फर्कने क्रममा परेको चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीय पोलिक्लिनिकमा लगिएको थियो।
झनझने स्थित पोलि क्लिनिक पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका स्थानीय प्रहरी चौकीका हबल्दार उमा घलानले जानकारी दिए।

प्रतिक्रिया