राजनीति


मृत्युका हल्लाबीच २० दिनपछि सार्वजनिक भए किम जोङ उन

मृत्युका हल्लाबीच २० दिनपछि सार्वजनिक भए किम जोङ उन

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १:२५,

मृत्युकाे हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा प्रस्तुत भएका हुन्। 

नेता किमले उत्तरी प्योङयाङमा रासायनिक मल उत्पादन गर्ने उद्योग उद्घाटन गरेकाे कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले खबर शुक्रबार प्रकाशन गरेकाे छ। 

काेरियाकाे सरकारी सञ्चारमाध्यमले नेता किमले शुक्रबार रिबन काटेर उद्घाटन गरेकाे तस्बिर सार्वजनिक गरेकाे छ (तल हेर्नुहोस् तस्बिर)। 

kimgongunयसबीच किमकाे मुटुकाे अप्रेसन गरेकाे र स्वास्थ्य गम्भीर अवस्थामा रहेकाे चर्चा चलिरहेकाे थियाे भने कतिपयले उनकाे मृत्यु नै भएकाे अड्कलबाजी पनि गरिरहेका थिए। 

ती सबै अड्कलबाजीहरूलाई चिर्दै केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएकाे समाचार दिएकाे हो। राजधानी प्योङयाङको उत्तरी क्षेत्रस्थित उद्योगको उनले उद्घाटन गरेको समाचारमा उल्लेख छ।

सरकारी सञ्चारमाध्यममा आएको किमको तस्बिरसँगै उनको स्वास्थ्य अवस्थाबारे चाहिँ केही बताइएको छैन।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमको मृत्युको हल्लापछि उनको गतिविधिबारे यसरी रिपोर्ट दिएको पहिलो पटक भने होइन। उत्तरको सरकारी पत्रिका रोदोङ सिनमुनले गत आइतबार र शुक्रबार किमले पार्टी कार्यकर्ताहरूलाई सन्देश पठाएको सार्वजनिक गरेको थियो।

सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम सार्वजनिक भएको खबरबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

‘अहिले म किम जोङ उनबारे केही टिप्पणी गर्दिनँ, उचित समयमा यसबारे केही भनौंला’, सीएनएनले ट्रम्पलाई उधृत गरेको छ।

पिता किम जोन इलको सन् २०११ हृदयाघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी किम परिवारका तेस्रो पुस्ताका शासक हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad