भारतमा हालसम्म १७ जना नेपाली नागरिक कोभिड–१९ बाट संक्रमित भएका र तीमध्ये १२ जना निको भइसकेका छन्।
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएकाे जानकारीअनुसार अन्य पाँच जना उपचाररत् छन्।
दूतावासले गृह मन्त्रालयलाई उपलब्ध गराएको विवरणअनुसार मुम्बईमा रहेका अछामका ८ जना नेपाली संक्रमित भएकोमा ती सबै निको भइसकेका छन्।
त्यसैगरी, बैंगलोरमा रहेका बझांगका चारजना नेपाली नागरिक संक्रमित भएकोमा उनीहरु पनि निको भइसकेका छन्।
तर, भारतको ठेगाना हरियाणाको अम्बाला र नेपालको ठेगाना पर्साको वीरगंज, र भारतको ठेगाना उत्तर प्रदेशको मेरेठ र नेपालको ठेगाना सुनसरीको हरिपुर, कुशाहा, श्रीपुर र भोकाहा रहेका पाँच जना संक्रमित हाल उपचाररत् रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया