समाज


विभिन्न ६ जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ

विभिन्न ६ जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ

फाइल फोटो


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १५:१०, काठमाडौँ

प्रहरीले विभिन्न जिल्लाबाट लागुऔषधसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेहरूबाट विभिन्न किसिमका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसी डेरा गरी बस्ने वेदकोट नगरपालिका-४ बगुन घर भएका २८ वर्षीय सुनिल बिष्ट समेत ५ जनालाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यसैगरी कञ्चनपुरकै भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय हेमन्त धामीलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यता, रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय मोहम्मद फैजी अन्सारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

एयर एसियाको उडानद्वारा थाइल्यान्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो। 
 

ललितपुरको ललितपुर महानगरपालिका-१५ टुटेपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ एम्पुल सहित गोदावरी नगरपालिका-४ बडिखेल बस्ने २७ वर्षीय सौगात श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो। 

यसैगरी चितवनको कालिका नगरपालिका-५ नव प्रतिभा टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय अमृत थापा र २६ वर्षीय मिलन महतो रहेका छन्। सप्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 

झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित भारत दार्जलिङ बस्ने ६१ वर्षीय गोपाल बैधलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६७८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यता, सुनसरी, धरान उपमहानगरपालिका-११ मंगलबारे चोक बस्ने २४ वर्षीया रोशनी राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ६५ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad