समाज


इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह

लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति
इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह

नेपालखबर
मंसिर २४, २०८२ बुधबार ११:३७, इटहरी

इटहरी इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ भव्य रूपमा सम्पन्न गरेको छ।

सोमबार आयोजित समारोहमा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो। अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको कार्यक्रममा स्नातकहरूको उपलब्धि र भविष्यका सम्भावनाबारे विशेष चर्चा गरिएको थियो।

समारोहमा यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ। कलेजका अनुसार, यी छात्रवृत्तिहरू विद्यार्थीहरूको निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मान स्वरूप प्रदान गरिएको हो। आइएनजी कलेज समूहले उनीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर साथ–समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी तथा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुख लगायत प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति थियो।

अध्यक्ष बुढाथोकीले हरेक स्नातकलाई व्यक्तिगत रूपमा बधाई र शुभकामना व्यक्त गरे।

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले आइएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई उल्लेख गर्दै कलेज र विद्यार्थीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरे।

कलेजले यो समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको बताउँदै भविष्यमा पनि शैक्षिक गुणस्तर र विद्यार्थीको क्षमतामाथि केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad