समाज


कालापानी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प, दार्चुलामा दुई दिनमै अर्को धक्का

कालापानी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प, दार्चुलामा दुई दिनमै अर्को धक्का

नेपालखबर
मंसिर २४, २०८२ बुधबार ७:४०, काठमाडौँ

दार्चुला केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ। 

दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रबिन्दु भएर गएराति नौ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद् डा.लोकबिजय अधिकारीका अनुसार कालापानी र चीनको नाका आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको छ।

गएको आइतबार बिहान पनि दार्चुला केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो। 

भूकम्पविद् अधिकारीका अनुसार नेपाल भौगोलिक रुपमा भूकम्पिए जोखिमयुक्त क्षेत्रमा पर्छ। त्यसमा पनि पश्चिम नेपालमा भूकम्पको जोखिम बढी छ।

पश्चिम नेपालमा गएको पाँचसय वर्षयता ठूलो भूकम्प नगएकाले जोखिम बढी भएको भूकम्पविद्ले बताउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad