राजनीति


दोलखाका प्रतिनिधिसँग ओलीको वार्ता, जिल्ला इञ्चार्ज पार्वत गुरुङले मागे पदाधिकारी

दोलखाका प्रतिनिधिसँग ओलीको वार्ता, जिल्ला इञ्चार्ज पार्वत गुरुङले मागे पदाधिकारी

नेपालखबर
मंसिर २४, २०८२ बुधबार ८:०, काठमाडौँ

एमाले अध्यक्ष केपी ओलीले दोलखाबाट चयन भएका महाधिवेशन प्रतिनिधिसँग छलफल गरेका छन्। 

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा ओलीले विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिलाई भेट्ने क्रम बढाएका छन्।  

यसैक्रममा ओलीले दोलखाबाट चयन भएका प्रतिनिधिसँग भक्तपुरको डुण्डुस्थित निवासमा भेट गरेका हुन्। 

त्यसक्रममा दोलखाका प्रतिनिधिहरूले केपी ओलीको नेतृत्वलाई स्थापित गर्ने प्रतिबद्धता जनाएका उनको सचिवालयले जनाएको छ। 

भेटमा दोलखा भूगोल र दोलखा ठेगाना भई पार्टीका विभिन्न कमिटी तथा जनसंगठनमा क्रियाशील नेताहरू सहभागी थिए। 

एमालेको केन्द्रीय, प्रदेश, जिल्ला तथा प्रवास कमिटीमा कार्यरत दोलखा मूलका कुल ४३ जना प्रतिनिधि एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै छन्। 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इञ्चार्ज पार्वत गुरुङले केपी ओलीको टिमबाट दोलखाले पदाधिकारीको आश राखेको बताए। यदि भएन भने त्यसलाई पनि स्वीकार्ने उनको भनाई थियो। 

 ‘कमिटी विहीन हुने काम नगरौँ, पार्टीलाई पनि योगदान गरौँ’, उनले भने। 

सबै दोलखालाई पार्टी नेतृत्वको पक्षमा एक गराउन आफूले प्रयत्न गरेको बताउँदै उनले पार्टी निर्माण र दोलखा पार्टीको एकताको निम्ति आफूले प्रयास गरेको बताए। आफू पार्टीले जहाँ बस्न भन्छ त्यहीँ बस्न तयार रहेको उनको भनाई थियो। 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलसहित केन्द्र, प्रदेश, जिल्ला तथा जनसंगठनका नेताहरू सहभागी थिए। 

हेर्नुहाेस् थप तस्बिर 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad