पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री रामशरण महतसहित ५ जना मन्त्रीहरू र १० जना पूर्वसचिवहरूलाई प्रतिवादी बनाउने निर्णय भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी १५ जना सहित व्यक्ति र कम्पनी गरी ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो।
पूर्वमन्त्रीहरू रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ, भीम आचार्य र स्वर्गीय पोस्टबहादुर बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरुको कार्यकालका १० जना पूर्वसचिवहरु पनि प्रतिवादी छन्।
यस्तै, पूर्वसचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मालगायत प्रतिवादी बनाउँदै अख्तियार विशेष अदालत पुगेको छ।
यो नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित यसअघि संसदीय समितिले सिफारिस गरेका विभिन्न निकायका कर्मचारीहरुलाई पनि प्रतिवादी बनाइएको छ।
८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गर्ने निर्णय भएको अख्तियार स्रोतले जानकारी दिएको छ।
क्यान महानिर्देशक अधिकारीविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा पनि दर्ता हुँदै
Shares

प्रतिक्रिया