दार्चुला केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ८:२८ बजे भूकम्प गएको हो।
‘दार्चुला जिल्लाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो’, नेपालखबरसँग उनले भने।
वरिष्ठ मौसमविद् अधिकारीका अनुसार यो त्यति ठूलो भूकम्प नभएकाले सामान्यतया क्षति हुने सम्भावना हुँदैन।
‘५ म्याग्निच्युडभन्दा तलका भूकम्पबाट अहिलेसम्म क्षति भएको देखिएको छैन’, उनले भने, ‘यसले पनि क्षति नहुनुपर्ने हो।’
159
Shares

प्रतिक्रिया