ग्लोबल


गोवाको नाइटक्लबमा विस्फोट : मृतकको संख्या २५ पुग्यो, ४ पर्यटक

गोवाको नाइटक्लबमा विस्फोट : मृतकको संख्या २५ पुग्यो, ४ पर्यटक

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ९:२१, काठमाडौँ

भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जना घाइते भएका छन्। मृतकमा ४ पर्यटक र १४ जना कर्मचारी छन् भने अन्य ७ जनाको पहिचान हुन सकेको छैन। अहिलेसम्म मृतकको नाम पनि सार्वजनिक भइसकेको छैन। 

प्रहरीका अनुसार सिलिन्डर विस्फोट शनिबार राति १२ बजेतिर भएको थियो।

विस्फोट यति शक्तिशाली थियो कि आगो केही मिनेटमै क्लबभरि फैलियो। लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्यायो।

घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धानले क्लबमा अग्निसुरक्षा नियम पालना नगरिएको देखाएको छ।

वरिष्ठ प्रशासन अधिकारीहरू घटनास्थलमा छन् र फोरेन्सिक (एफएसएल) टोलीले आगलागीको कारण अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad