समाज


नागरिक उड्डययन प्राधिकरणका महानिर्देशकसहित ७ जनाविरुद्ध मुद्दा दायरको तयारी

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशकसहित ७ जनाविरुद्ध मुद्दा दायरको तयारी

प्रदीप अधिकारी र मुरारी भण्डारी


नेपालखबर
मंसिर १७, २०८२ बुधबार १४:५०, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारीभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गर्ने तयारी गरेको हो। 

यसअघि तारेखमा राखेर अनुसन्धान गरिरहेको अख्तियारले अधिकारी र भण्डारीलाई बुधबार पक्राउ गरेर आरोप पत्रसहित विशेष अदालतमा उपस्थित गराएको छ। अदालतले अनुमति दिए उनीहरूलाई हिरासतमा राखेर मुद्दाको थुनछेक प्रक्रियाअघि बढ्ने छ।   

आज तारेखका लागि पुगेका उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएर मुद्दा दायर गर्ने तयारी गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad