समाज


एक रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

एक रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

नेपालखबर
मंसिर १४, २०८२ आइतबार २१:३७, काठमाडौँ

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। 

निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। मूल्य समायोजनसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ४३ रुपैयाँ ५० पैसा हुनेछ। 

त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर मूल्य सुर्खेत र दाङ क्षेत्रमा एक ४५ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा एक सय ४६ रुपैयाँ कायम भएको छ।

निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ। 

निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने बढाएको छ। निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ। मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad