ad ad

समाज


लकडाउन उल्लंघन गरे क्वारेन्टिनमा, खर्च आफैँले व्यहोर्नुपर्ने

लकडाउन उल्लंघन गरे क्वारेन्टिनमा, खर्च आफैँले व्यहोर्नुपर्ने

चन्द्रकला भण्डारी
बैशाख १८, २०७७ बिहिबार ९:०,

बन्दाबन्दीको अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टिनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ। नगरपालिकाले बुधबार सूचना नै जारी गरेर बाहिरबाट आएर लकडाउन उल्लंघन गरेवापत क्वारेन्टिनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्थासमेत आफैँ गर्नुपर्ने जनाएको हो।

‘नगरपालिकाले बन्दाबन्दी उल्लंघन गरेर क्वारेन्टिन बस्नेको खर्च व्यहोर्दैन’, नगरप्रमुख विमल आचार्यले भने, ‘जो बस्छ उसैले आफूलाई चाहिने सबै खर्च व्यहोर्छ।’ दमकपछि बाह्रदशीमा कोरोना भाइरसको संक्रमित भेटिएपछि नगर क्षेत्रमा लकडाउनलाई अरुतिरको भन्दा कडा बनाएको उनको भनाइ छ। मेचीनगर क्षेत्रमा सवारी पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ। नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ।

तरकारी, फलफूल, दूध र माछामासु मेचीनगर बाहिरबाट ल्याएर बेच्नसमेत मेचीनगर नगरपालिकाले प्रतिबन्ध लगाएको छ। अत्यावश्यक खाद्य सामग्री तथा सागसब्जी खरिद बिक्रीका लागि बिहान ६ देखि ११ बजेसम्मको समय नगरपालिकाले तोकेको छ।

त्यसैगरी, औषधि खरिद र अत्यावश्यक ढुवानीका साधन सञ्चालनको समयसमेत बिहान ६ देखि ११ बजेसम्म तोेकिएको छ। सहकारी संस्थाहरुले निक्षेप फिर्तासमेत घरै पुगेर गर्नुपर्ने र अति आवश्यक काममा सवारी पास चाहिएमा नगर क्षेत्रभित्र लागू हुने गरी दिइने नगरपालिकाको निर्णयमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .