राजनीति


एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत

एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ११:५०, हेटाैँडा

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन्। 

शनिबार साँझ चितवनको ३ वटै क्षेत्रबाट २५ जना प्रतिनिधि सर्वसम्मत रुपमाछनोट गरिएको एमाले चितवनले जनाएको छ। 

चितवन क्षेत्र नम्वर १ बाट खुल्लातर्फ कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्द प्रसाद कँडेल र जगन्नाथ आचार्य चयन भएका छन्। यस्तै महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी प्रतिनिधि चयन भएका हुन् भने युवातर्फ उत्तम सेढाई प्रतिनिधि चयन भएका छन्। 

यस्तै चितवन क्षेत्र नम्वर २ बाट खुल्लातर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी तथा महिला तर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भएका छन् भने युवा तर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएका छन्।

क्षेत्र नम्बर ३ मा खुल्लातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी, श्यामलाल बिक तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि छनोट भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad