समाज


काममा नफर्किने यी २ वैज्ञानिकसहित ५ कर्मचारीमा लगानी भएको सबै रकम असुल्ने परिषद्को चेतावनी

काममा नफर्किने यी २ वैज्ञानिकसहित ५ कर्मचारीमा लगानी भएको सबै रकम असुल्ने परिषद्को चेतावनी

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८२ आइतबार ९:१५, काठमाडौँ

अध्ययन बिदामा गएर लामो समयदेखि काममा नफर्केका दुई जना कृषि वैज्ञानिक र अन्य तीन कर्मचारीसँग नेपाल कृषि अनुसन्धान परिषद्ले सबै रकम असुल उपर गर्ने चेतावनीसहितको सूचना जारी गरेको छ। 

सात दिनभित्र उनीहरूलाई कार्यालयमा उपस्थित हुनको लागि आग्रह गर्दै परिषद्ले अन्यथा परिषद्ले उनीहरूको लागि लगानी गरेको सबै रकम असुल उपर गर्ने चेतावनी दिएको हो। 

सिंहदरबारस्थित नेपाल कृषि अनुसन्धान परिषद्ले आज जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा गएर काममा नफर्कने वैज्ञानिकहरुमा पहाडी बाली अनुसन्धान कार्यक्रम काभ्रे र दोलखाको वैज्ञानिक किरण बराल र राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक राजु चौधरी छन्। 

त्यसैगरि बागबानी अनुसन्धान केन्द्र किमुगाउँ दैलेखका कृषि प्राविधिक अधिकृत विकास घिमिरे, राष्ट्रिय किट कीट विज्ञान अनुसन्धान केन्द्र, मुखलटारका सुशीलकुमार गैरे र बागबानी अनुसन्धान केन्द्र, किमगाउँ दैलेखका वुद्धिबहादुर अछामी पनि अध्ययन बिदामा गएदेखि काममा फर्केका छैन। उनीहरूमध्ये केही २०७१ सालदेखि नै काममा छैनन्। 

उनीहरूलाई यतिका वर्षसम्म कार्यालयमा हाजीर हुन नसक्नुको कारण र प्रमाणसहित सात दिनभित्र उपस्थित हुन परिषद्ले आग्रह गरेको हाे। अन्यथा उनीहरूमा लगानी भएको सबै रकम असुल्ने चेतावनीसमेत परिषद्ले दिएको छ। 

हेर्नुहाेस् सूचना 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad