पार्टीको आगामी महाधिवेशनका विषयमा सहमति जुटाउन केही दिनदेखि प्रयासरत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (आइतबार) पनि पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दै छन्।
शनिबारको छलफल निष्कर्षविहीन भएपछि देउवाले यसलाई आज पनि निरन्तरता दिएका हुन्।
छलफल सभापति देउवाकै निवास (महाराजगन्ज) मा दिउँसो १ बजे सुरु हुने कांग्रेस नेताहरूले नेपालखबरलाई जानकारी दिएका छन्।
कांग्रेसका एक पदाधिकारीका अनुसार नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषय आज टुंग्याउने तयारी छ।
आज पनि सभापति देउवासँगको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शेखर कोइराला र रमेश लेखक सहभागी हुनेछन्।
174
Shares

प्रतिक्रिया