ad ad

समाज


प्रचण्डलाई गाली गरेको आरोपमा प्रधानमन्त्री ओलीनिकट पत्रकार पक्राउ

प्रचण्डलाई गाली गरेको आरोपमा प्रधानमन्त्री ओलीनिकट पत्रकार पक्राउ

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ६:९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गर्ने पत्रकार पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले बिहीबार बिहान काठमाडौँको जडिबुटीबाट विद्युतीय अपराध गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य  दीपक पाठकलाई पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले विद्युतीय अपराध ऐनअन्तर्गत पत्रकार पाठकलाई पक्राउ गरेको जानकारी दिए।

‘पाठकविरुद्ध साइबर अपराधका दुई वटा मुद्दा छन्, अदालतको अनुमति लिएर पक्राउ गरेका हौँ’, एसएसपी अर्यालले नेपालखबरसँग भने।

झापाका पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट पत्रकार हुन्। पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले उनलाई प्रेस काउन्सिलमा नियुक्त गरेका थिए। पछि अदालतले उनको योग्यता नपुगेको भन्दै उक्त निर्णय बदर गरिदिएको थियो।

हाल रेडियो नेपालका बोर्ड सदस्य रहेका पत्रकार पाठकले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा नेकपाका अध्यक्ष प्रचण्डविरुद्ध निरन्तर गालीगलौज गर्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .