ad ad

कारोबार


एनआईसी एसिया बैंकमा अनलाइनबाटै कोरोना भाइरससम्बन्धी बीमालेख खरिद सुरु

एनआईसी एसिया बैंकमा अनलाइनबाटै कोरोना भाइरससम्बन्धी बीमालेख खरिद सुरु

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ६:२३,

एनआईसी एसिया बैंकले कोरोनाभाइरससम्बन्धी बीमालेख अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था मिलाएको छ।

बीमा कम्पनीहरुले कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्न बीमा सुरु गरेपछि बैंकले लकडाउनको समयमा अनलाइनबाटै बीमालेख खरिदको व्यवस्था मिलाएको हो।

बीमा खरिदका लागि अनलाइनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (यहाँ क्लिक गर्नुहोस्)मार्फत नवीनतम प्रयोग थालेको जनाएको छ।

यसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एसियाको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन्।

सहज तथा सरल बैंकिङको अंगीकार गरेको बैंकले आफ्ना ग्राहकलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो।

दुई श्रेणीका बीमांक
कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ। जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ। यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ। पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .