ad ad

समाज


बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुरको निधन

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ४:३१,

भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ।

उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता अमिताभ बच्चनले पनि ट्विटमार्फत ऋषि कपुरकाे निधन भएकाे जानकारी दिँदै दु :ख व्यक्त गरेका छन्। उनले अंग्रेजीमा ट्विट गरेका छन्, ‘उनी गए.. ऋषि कपुर... गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु।’

 

 

क्यान्सर भएपछि कपुर अमेरिकामा झन्डै १ वर्ष उपचार गराएर गत सेप्टेम्बरमा मुम्बई फर्किएका थिए।

टाइम्स अफ इन्डियाका अनुसार अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’ फिल्म सुटिङ गरेका थिए। तर स्वास्थ्यमा समस्या आएपछि बीचमै रोकिएको थियो।

उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

बलिउड फिल्म उद्योगको चर्चित कपुर खानदानमा ऋषि कपुर एक यस्ता कलाकार थिए, जसले अलग्गै पहिचान बनाए।

ऋषि कपुरको अभिनयसँगै उनको ‘बिन्दास क्यारेक्टर’लाई मान्छेहरु एकदमै रुचाउँथे। उनले आफू धेरै रक्सी पिउने कुरा पनि कहिले लुकाएनन।

आफ्नो विचारमा इमान्दार भएका कारण उनको कतिपय बेला ट्रोल पनि गरिन्थ्यो। राति अबेर उनले गरेका केही ट्रविटले मान्छेलाई हसाउनुका साथसाथै उनलाई अप्ठारोमा पनि पार्थे।

सन् २०१७ मा उनको किताब ‘खुल्लम खुल्ला’ आएको थियो। उक्त किताबमा ऋषिले आफ्ना जीवनका धेरै कुराहरु खुलाएका थिए।

किताबमा ऋषिले आफ्नो बुबा राज कपुरको बिहेत्तर सम्बन्ध रहेको खुलाएका थिए। उनले किताबमा राज कपुरको नगरिस र बैजयंती मालासँग सम्बन्ध रहेको उल्लेख गरेका छन्।

बुबाको अन्य महिलासँगको सम्बन्धकै कारण आमा कृष्णा कपुर अलग्गै अपार्टमेन्टमा बस्ने गरेको समेत ऋषिले खुलाएका थिए। पछि बुबाले सबै महिलासँगको सम्बन्ध त्यागेपछि भने उनीहरु एउटै ठाउमा बस्न थालेका थिए।

किताबमा ऋषिले एक पारसी युवतीसँग आफू प्रेममा रहेको खुलाएका छन्। यास्मीन मेहता नाम गरेकी ती युवतीको प्रेममा पहिलो फिल्म ‘बबी(१९७३)’ आउन अघि आफू पागल रहेको ऋषिले खुलाएका छन्।

तर फिल्मपछि कतिपय मिडियामा उनको नाम डिंम्पल कपाडियासँग जोडिएर आउन थाल्यो। त्यसबेलाको चर्चित पत्रिका स्टारडस्टले पनि उनको नाम डिंम्पलसँग जोडेपछि यास्मीनसँगको सम्बन्धमा चिसोपना आएको थियो।

‘मैले यास्मीनलाई मनाउने प्रयास पनि गरेको हुँ तर सफल हुन सकेन,’ ऋषिले आफ्नो किताबमा उल्लेख गरेका छन्।

१९५२ मा जन्मिएका ऋषिको पहिलो फिल्म बबी भएपनि उनले त्यसअघि ‘मेरा नाम जोकर’मा आफ्ना बुबा राज कपुरको बच्चा छदाको अभिनय गरेका थिए। बबीको सफलता पछि ऋषिले ९० भन्दा बढी रोमान्टिक फिल्ममा काम गरेका थिए।

 बुधबार मात्रै बलिउडकै अर्का अभिनेता ५३ वर्षीय इरफान खानको निधन भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .