बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ।
अभिनेता कपुरको मुम्बइको एक अस्पतालमा बुधबार राति ६७ वर्षको उमेरमा निधन भएको हो।
बलिडका महानायक अमिताभ बच्चनले अभिनेता कपुरको निधन भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसको जानकारी दिएका हुन्।
बलिउडका अर्का चर्चित अभिनेता इरफान खानको निधन भएको भोलिपल्ट कपुरको निधन भएको हो।
प्रतिक्रिया