नेपाल उद्योग वाणिज्य महासंघको सरेको निर्वाचन पनि पुनः सर्ने भएको छ। चैत २८ गते हुर्ने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण जेठ ७ गतेलाई सारिएकाेमा पुनः सार्ने तयारी भएको हो।
महासंघकी अध्यक्ष भवानी राणाका अनुसार यही हप्ता पदाधिकारीको बैठक राख्ने गरि छलफल भैरहेको छ। साेही बैठकले निर्वाचनकाे नयाँ मिति तोक्नेछ।
‘लक डाउनको कारण कार्यकारीणी समितिको बैठक राख्न सम्भव छैन’ उनले भनिन, ‘त्यसकारणले यही हप्ता पदाधिकारीको बैठक बोलाउने तयारी भैरहेको छ।’
नयाँ मिति कहिले सम्म पुग्न सक्छ त?
उद्योग वणिज्य महासंघको नयाँ निर्वाचनको मिति तोक्न उद्योग वाणिज्य महासंघलाई संभव भने छैन। उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो संगठन रहेको यो महासंघमा ७७ वटा जिल्लाका पदाधिकारीहरु उपस्थित हुनपर्ने छ।
त्यसकारण कोरोना संक्रमणको जोखिमका कारण तत्काल बैठक सम्भव छैन। नयाँ मिति तोक्नै पर्ने भएपनि कहिले तोक्ने भन्ने बारेमा अझै अलमल रहेको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन्। उनका अनुसार कोरोना नियन्त्रणमा आउने आंकलन अनुसार नै नयाँ मिति तोकिनेछ।
गोल्छा नयाँ निर्वाचन भएको भए अध्यक्ष पद सम्हालिसक्ने व्यक्ति हुन्।
महासंघको विधानले वरिष्ठ उपाध्यक्ष रहेको व्यक्ति स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ। उनी यो भन्दा अघि वरिष्ट उपाधयक्षमा निर्वाचित भएका थिए।
यो पटक भने महासंघमा किशोर प्रधान र चन्द्रप्रसाद ढकाल वरिष्ट उपाध्यक्षको दावेदार रहेका छन्। उनीहरुले आआफ्नै प्यानल बनाएरै उपाध्यक्षमा जाने तयारी समेत गरिरहेका छन्।
प्रतिक्रिया