काठमाडौँमा बसेर श्रृंखलाबद्ध चोरी कार्यमा संलग्न दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने वर्ष २२ को सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल भत्केको पुल बस्ने वर्ष २६ को रमेश कालम रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार कात्तिक ३० गते जिल्ला काठमाडौं महानगरपालिका ३० रातोपुल मुनाल गल्लीस्थित एक घरमा कोही नभएको मौका छोपी उनीहरूले ढोकाको ताल्चा फुटाली कोठामा राखिएको लकर सहितको सुन चाँदीका गर-गहनाहरू चोरी गरेका थिए।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा मसिर ८ गते अपरान्ह उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
सोधपुछको क्रममा उनीहरूले आफ्नो डेरा कोठामा लुकाई छिपाई राखेको नगद, सुन तथा चाँदीका गरगहना लगायत विभिन्न सामानहरू बरामद गरेको छ।
पक्राउ परेका उपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जनाएका छन्।
बरामद सामानहरू
१. नगद रकम रु.३,०९,०००।- (अक्षरेपि तीन लाख नौ हजार)
२. चाँदी जस्तो देखिने पाउजु-२ जोर
३. मुगको माला थान - १
४. चाँदीको जस्तो देखिने बाला थान - २
५. सुन जस्तो देखिने धातुको बाला थान १ जोर
६. सुनको जस्तो देखिने धातुको लकेट थान - १
७. हिरा जस्तो पत्थर सहितको पहेँलो धातुको कानको टप थान १ जोर
८. सुन जस्तो देखिने धातुलाई पोलेर राखेको डल्लो थान - १
९. हातमा लगाउने घडी जम्मा थान - ८
१०. चाँदी जस्तो देखिने धातुको औँठी थान - १
११.सुन जस्तो देखिने धातुको सिक्री थान - १
१२. चाँदीको जस्तो देखिने टिफिन थान - १
१३.स्टिल जस्तो देखिने धातुको करुवा थान - १
१४. चरेसको जस्तो बिर्को भएको करुवा थान - १
१५.चरेसको जस्तो बिर्को नभएको करुवा थान - १
१६. चरेसको जस्तो जग थान - १
१७. चरेसको जस्तो गिलास थान - १
१८.बुट्टा भएको चरेसको जस्तो कचौरा थान - २
१९. तामाको जस्तो कलश थान - १
२०. सेतो धातुको कलस थान - १
२१. चाँदीको जस्तो देखिने चम्चा थान - २६
२२.विभिन्न सिक्काहरू थान - ५२
२३.चाँदीको जस्तो देखिने ठूलो खण्डे थाल थान - १
२४. सेतो रङको घडी थान - २
२५. सानो तराजु थान - १
२६.पहेँलो रङको विभिन्न आकारको सिक्का थान - ५३
२७. सेतो रङको विभिन्न आकारको सिक्का थान - ५०
२८.चाँदीको जस्तो देखिने सेतो धातुको चम्चा थान - २
२९.ऐ.ऐ. जस्तो देखिने चम्चाको टुक्रा थान - १
३०. ऐ. ऐ. को जस्तो देखिने कचौरा सेट - १
३१. ऐ.ऐ. को जस्तो देखिने कानमा लगाउने रिङ १ जोर
३२.हिराको जस्तो देखिने सेतो धातुको पत्थर थान - ८
३३.सुनको जस्तो देखिने पहेँलो धातुको कानमा लगाउने रिङ १ जोर
३४.ऐ.ऐ. जस्तो देखिने पहेँलो धातुको पत्थर भएको औँठी थान - १
३५.ऐ.ऐ. जस्तो देखिने टुक्रिएको कडा ५
३६.एसईजीकेओ लेखेको घडी थान - १
३७.एबीएलयूएक्स लेखेको घडी थान - १
३८. सिक्का राख्ने झोला थान - ३
३९. चाँदीको जस्तो देखिने सिक्का थान - ३
Shares

प्रतिक्रिया