काठमाडौंको कोटेश्वरमा बसबाट खसेर एक व्यक्तिको ज्यान गएको छ।
आइतबार कोटेश्वर चोकमा बा३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका–१० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुडिरहेको बसबाट खस्दा उनलाई सोही बसले किचेको थियो।
गम्भीर घाइते भएका लागेको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
144
Shares

प्रतिक्रिया