मोरङमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ।
बुढीगंगा गाउँपालिका–५ स्थित सडकमा स३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
138
Shares

प्रतिक्रिया