राजनीति


निर्वाचन आयोगले तोक्यो मतदाताको उमेरको ‘कट अफ डेट’

निर्वाचन आयोगले तोक्यो मतदाताको उमेरको ‘कट अफ डेट’

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १२:४८, काठमाडौँ

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको हो। 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमा कुनै त्रुटि वा उजुरी भएमा मंसिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताए।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad