समाज


इन्टरपोलको सहयोगमा मलेसियाबाट ठगी आरोपी पक्राउ

इन्टरपोलको सहयोगमा मलेसियाबाट ठगी आरोपी पक्राउ

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:३३, काठमाडौँ

ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति मलेसियाको क्वालालाम्पुरबाट पक्राउ परेका छन्। 

रौतहटको कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहालाई एनसीबी क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका हुन्। उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ। 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो। 

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad