कारोबार


नेपाल टेलिकमको सञ्चालन आम्दानी ६ लाख ७१ हजारले घट्यो

नेपाल टेलिकमको सञ्चालन आम्दानी ६ लाख ७१ हजारले घट्यो

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:३८, काठमाडौँ

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सञ्चालन आम्दानी थोरैले घटेको छ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी ६ लाख ७१ हजार रुपैयाँले घटेको हो। 

चालू आवको प्रथम त्रैमासमा नेपाल टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा यस्तो आयत ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो। गत आवको तुलनामा चालू आवमा नेपाल टेलिकमको सञ्चालन आय ०.०१ प्रतिशतले घटेको हो।

पहिलो तीन महिनामा नेपाल टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँ छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो। गत आवको तुलनामा चालू आवमा कुल आय ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ अर्थात ५.८९ प्रतिशतले कमी आएको हो। 

नेपाल टेलिकमले प्रथम त्रैमासमा ४ अर्व ७५ करोड ४ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। उक्त रकम गत आव।को  सोही अवधिको कर अघिको मुनाफा ५ अर्व ४१ करोड ५९ लाख ठठ हजार रुपैयाँको तुलनामा ६६ करोड ५५ लाख ६ हजार रुपैयाँ ९अर्थात् १२।२९  प्रतिशत० ले कमी भएको छ।

प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा  २ अर्व ८८ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ। उक्त रकम गत आव।को  सोही अवधिको कर अघिको मुनाफा ३ अर्व ५५ करोड ३६ लाख ९४ हजार रुपैयाँको तुलनामा र६७ करोड १५ लाख ७८ हजार रुपैयाँ (अर्थात् १८.९०  प्रतिशत) ले कमी भएको छ।

प्रथम त्रैमासिकसम्म खुद मुनाफा १  अर्व ३२ करोड ५१ लाख ७५ हजार रुपैयाँ छ। उक्त रकम गत आव।को सोही अवधिको  खुद मुनाफा १ अर्व ७३ करोड ९५ लाख ९० हजार रुपैयाँको तुलनामा ४१ करोड ४४ लाख १५ हजार रुपैयाँ (अर्थात्  २३.८२ प्रतिशत) ले कमी भएको रुपैयाँ छ। नेपाल टेलिकमको प्रति सेयर आदानी २९.४५ रुपैयाँ छ। 

राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरू
ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ।व।को प्रथम त्रैमासिकसम्मको तुलनामा करिब १० करोड ९७ लाख ४२ हजार रुपैयाँ (अर्थात् १७.२९  प्रतिशत) ले कम भएको छ। 

बजारमा व्याजदरमा ह्रास आएकोले मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ५० करोडले घट्नुको कारण व्याज आम्दानीमा द्धढ प्रतिशतले कमी आएको छ ।

कर्मचारी सुविधा खर्चतर्फ कर्मचारी बीमा खर्च १.९५ करोडले बढेको छ भने कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको  डिस्काउन रेट ७.५५ बाट ७५ भएकोले कर्मचारी अवकाशसम्बन्धी खर्च १६।५ करोडले बढेको छ, जसका कारण कुल कर्मचारी खर्चमा ८.८ करोडले वृद्धि भएको छ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad