समाज


एनपीएलका लागि विशेष ट्राफिक व्यवस्थापन योजना, यी ठाउँमा पार्किङ गर्न पाइने

एनपीएलका लागि विशेष ट्राफिक व्यवस्थापन योजना, यी ठाउँमा पार्किङ गर्न पाइने

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १८:२१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि ट्राफिक प्रहरीले विशेष विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने खेल हेर्न आउने दर्शकका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको हो।

ट्राफिक प्रहरीले खेल हेर्न सवारीसहित आउने दर्शकलाई जथाभावी पार्किङ नगरी तोकिएका स्थानमा मात्र सवारी राख्न अनुरोध गरेको छ। यस योजना अन्तर्गत भीभीआईपी र भीआईपीका सवारी साधनलाई त्रिवि क्रिकेट रंगशालाको मुख्य गेटभित्र राखिने व्यवस्था मिलाइएको छ भने सामान्य दर्शकका सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्ड नजिकको ग्राउण्ड, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि उपकुलपति कार्यालयसम्मको सडक किनार र सुन्दरीघाट-सानेपा खोला करिडोरमा पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरीले खेलका दिन भीड व्यवस्थापन, सडक अवरोध रोकथाम र सुरक्षा सहजताका लागि दर्शकको सहयोग आवश्यक रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad