ad ad

समाज


त्रुटि देखाउँदै भारतले चीनको र्‍यापिड टेस्ट किट आयात नगर्ने बतायो

त्रुटि देखाउँदै भारतले चीनको र्‍यापिड टेस्ट किट आयात नगर्ने बतायो

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ७:५६,

भारतले चीनको र्‍यापिड टेस्ट किटले धेरै गलत नतिजा दिएका कारण आफूहरुले चीनबाट मगाएको पाँच लाखभन्दा बढी र्‍यापिड टेस्ट किट आयात ठेक्का रद्द समेत गरेको जानकारी दिएको छ।

दिल्लीले यसअघि नै चीनको र्‍यापिड टेस्ट किट दोषपूर्ण रहेको बताउँदै यसलाई प्रयोग नगर्ने बताएको थियो।

र्‍यापिड टेस्ट किटले मानिसको रगतमा कोरोनाको एन्टीबडी छ या छैन्न भन्ने ३० मिनेटमा नतिजा दिने अनुमान छ।

तर भारतमा कोरोना परीक्षण गर्दा गलत रिपोर्ट धेरै आएको गुनासो बढेको थियो। र्‍यापिड टेस्ट किट्सबाट गरिने परीक्षण केही समयलाई स्थगित समेत गरिएको थियो।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले त्यहाँका राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न निर्देशन पनि दिएको थियो।

यतिबेला भने भारतले चीनको र्‍यापिड टेस्ट किट प्रयोग नगर्ने र चीनबाट उक्त किट आयात नगर्ने बताएको हो।

चीनले भने भारतको दाबीलाई अस्वीकार गरेको छ।

मंगलबार भारतस्थित चीनको दूतावासले भनेको छ,‘चीनबाट निर्यात हुने सामग्री विश्वभर प्राथमिकतामा पर्दछन्। केही मानिसले चिनियाँ सामग्रीलाई दोषपूर्ण भनिरहेका छन् जुन गलत र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो।’

यस कार्य पूर्व–भावनात्मक पूर्वाग्रहको उपज भएको पनि दूतावासले बताएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .