सरकारले जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण कार्य सहज बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहनेगरि ८ सदस्यीय समिति क्रियाशील रहेको जानकारी दिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै कार्यविधि अनुसार वर्गीकरणको काम समयमै सम्पन्न गर्न जिल्लास्थित अस्पतालका प्रमुख विशेषज्ञ चिकित्सकहरू तथा स्वास्थ्य कार्यालय प्रमुखहरुलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरिएको छ।
यसअघि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्य शीघ्र सुरु गर्न निर्देशन दिएको थियो।

36
Shares

प्रतिक्रिया