समाज


जुम्लामा ५ सय ६९ शय्याको क्वारेन्टिन सञ्चालनमा

जुम्लामा ५ सय ६९ शय्याको क्वारेन्टिन सञ्चालनमा

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १४:४८,

जुम्लामा ५६९ शैयाको क्वारेन्टिन र दुई सय शय्याको आसोलेशन सञ्चालनमा आएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टिन र आसोलेशन सञ्चालनमा ल्याइएको हो। कर्णाली स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा २०० शय्याको आसोलेशन सञ्चालनमा आएको छ।

यहाँको एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा कनकासुन्दरी गाउँपालिकाले ६० शैया क्वारेन्टिन, तातोपानी गाउँपालिकामा ९०, तिला गाउँपालिकामा ५४, हिमा गाउँपालिकामा ३०, सिंजा गाउँपालिका ४०, गुठीचौर गाउँपालिकामा २०, पातारासी गाउँपालिकामा ४५ र चन्दननाथ नगरपालिकामा ३० शय्याको गरी ५६९ शैय्याको क्वारेन्टिन तयार गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी ओमप्रकाश देवकोटाले बताए।

देश लकडाउन भएपछि देशका विभिन्न ठाँउमा अलपत्र परेका यहाँका नागरिक लाई प्रदेश सरकार, विभिन्न सामाजिक संघसस्था र सम्बन्धित स्थानीय तहले उद्धार गरेर जिल्ला भित्रिएपछि क्वारेन्टिनको क्षमता जिल्लाका स्थानीय तहहरुले बढाएका हुन्। जिल्लाभर २६४ शैय्याको मात्र यो भन्दा पहिलो क्वारेन्टाइन रहेको थियो।

एक सय ९५ जना क्वारेन्टिनमा
स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक रुपमा जानकारी नगराई काठमाडौं, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट जिल्लामा भित्रिएका १९५ जनालाई यहाँका सात गाउँपालिकाले क्वारेन्टिनमा राखेका छन्। यहाँको तिला गाउँपालिकाले ५२, जनालाई क्वारेन्टिनमा, हिमा गाउँपालिकाले २२, सिंजा गाउँपालिका ११, कनकासुन्दरी गाउँपालिका ४९, तातोपानी गाउँपालिका, ३७ पातारासी गाउँपालिका, २१ जना र गुठीचौर गाउँपालिकाकाले तीन जनालाई क्वारेन्टिनमा राखेको स्वास्थ्य शाखाका प्रमुख बालराम नेपालीले बताए।

देशका विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरेका सबैको थर्मल गनको माध्यमबाट ज्वरो नापेर क्वारेन्टिन राखेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए। जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार बाहिराबाट आएको यकिन संख्या पत्ता लगाई क्वारेन्टिनमा बसेका र होम क्वारेन्टिनमा बसेका व्यक्तिलाई १४ दिनको अवधि पूरा भएपछि रेपिड आरडिटी टेष्ट गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .