राजनीति


स्वास्थ्य मन्त्रालय भन्छः यसकारण लकडाउन अझै लम्बिन्छ

स्वास्थ्य मन्त्रालय भन्छः यसकारण लकडाउन अझै लम्बिन्छ

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १४:५२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन अझै लम्बिने संकेत गरेको छ।

संक्रमण फैलिने दर हेर्दा लकडाउनलाई निरन्तरता नै दिनुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन्।

कोरोना संक्रमणसम्बन्धी दैनिक जानकारी दिने लाइभ कार्यक्रमअन्तर्गत सोमबार दिउँसो प्रवक्ता देवकोटाले धेरै जनाले लकडाउन कहिले खुल्छ भन्ने जिज्ञासा राखेको भन्दै यो कुरा संक्रमितको संख्यालगायत धेरै कुरामा निर्भर हुने बताए।

‘लकडाउन खुल्ने नखुल्ने भन्ने विषय धेरै कुरामा निर्भर हुन्छ,’ नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. देवकोटाले भने, ‘तीमध्ये पहिलाे र प्रमुख कुरा संक्रमितको संख्या हो, त्यो हेर्दा लकडाउनलाई अझै निरन्तरता नै दिनुपर्ने देखिन्छ।’

उनका अनुसार नेपालमा कोरोना संक्रमणको पहिलो मामिला माघ २ गते देखिएको थियो भने त्यसको २ महिनापछि दोस्रो संक्रमित फेला परेका थिए। त्यसपछि फाटफुट संक्रमण देखियो भने वैशाख सुरु भएयता संक्रमित भेटिने क्रम ह्वात्तै बढेको छ।

‘हिजो (आइतबार) मात्रै तीन जना संक्रमितको पहिचान भएको छ,’ उनले भने, ‘यो हेर्दा नेपालमा अझै लकडाउन खोल्न सकिने स्थिति देखिँदैन।’

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमणमा परेका व्यक्तिको संख्या ५२ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .