समाज


ज्यान मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

ज्यान मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १४:८, काठमाडौँ

ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी संयुक्त अरव इमिरेट्स (यूएई) बाट पक्राउ परेका छन्। 

पर्वतको बेउलीबासका रेशम बहादुर रानालाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ। 

एनसीबी अबुधाबी यूएईको समन्वयमा पक्राउ परेका उनलाई कारवाही अगाडी बढाउन शुक्रबार नेपाल फिर्ता ल्याइएको हाे। 

रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतले २०६९ माघ १५ गते फैसला गर्दै जन्म कैद (२० वर्ष) सजाय ठहर गरेको छ। अदालतले दोषि ठहर गर्दै सजाय तोके पनि उनी फरार थिए। 

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते रेड नोटिस जारी भएको थियो। 

उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट आएको टोलीले लगेको इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad