समाज


आज पनि देशभर बदली, हावाहुरी/चट्याङ/वर्षाको सम्भावना

आज पनि देशभर बदली, हावाहुरी/चट्याङ/वर्षाको सम्भावना

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १:१५,

आज (सोमबार) पनि देशैभर मौसम बदली भएको र हावाहुरी/चट्याङ/असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तसर्थ विशेषगरी हावाहुरी, चट्याङ र असिनाबाट सतर्क रहन मौसमविद्ले सबैलाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको छ र आज दिनभर मौसम यस्तै रहनेछ।

‘बीच-बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’ सोमबार बिहान नेपालखरसँग उनले भनिन्, वर्षा हल्कादेखि मध्यमसम्म हुने सम्भावना छ।’ 

उनका अनुसार पश्चिमदेखि मध्यम क्षेत्रसम्म बादल बनिसकेको अवस्था छ। अब कुनै पनि बेला हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।

‘अरू दुई/तीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–

‘पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाे छ। 

यसैकारण नेपालमा केही दिनदेखि हावाहुरी, चट्याङ र असिनासहितकाे वर्षा भइरहेकाे हाे। 

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २.६ मिलिमिटर वर्षा भएकाे माैसमविद् मानन्धरले जानकारी दिइन्। अन्य ठाउँकाे विवरण भने आउन बाँकी रहेकाे उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad