समाज


अमेरिकामा कोरोनाबाट मर्नेको संख्यामा कमी

अमेरिकामा कोरोनाबाट मर्नेको संख्यामा कमी

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ०:४६,

अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आउन थालेको छ।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट ११ सय ५७ जनाको मात्रै ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ।

यो अघिल्लो दिनको तुलनामा आधाले कमी हो। शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट एक दिनमै २८ सयभन्दा बढीको मृत्यु हुने गरेको अमेरिकामा पछिल्ला दिनमा मृत्यु हुनेको संख्यामा कमी आउन थालेको हो। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ।

त्यहाँ आइतबार साढे २६ हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार नाघेको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ६ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या २९ लाख ९३ हजार २ सय ६३ पुगेको छ।

गएको २४ घन्टामा विश्वभर ७३ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

कोरोनाले आक्रान्त बनेका युरोपका देशमा पनि मृत्युदर घट्दै गएको छ। आइतबार इटालीमा २ सय ६० जनाको मात्रै मृत्यु भएको छ।

त्यसैगरी आइतबार स्पेनमा २८८, जर्मनीमा ९९, फ्रान्समा २४२, युकेमा ३१३, टर्कीमा ९९, ब्राजिलमा २२६, बेल्जियममा १७७, मेक्सिकोमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा ५६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या आठ सय ८१ पुगेको छ भने संक्रमित २७ हजार ८ सय ९० पुगेका छन्।

त्यहाँ आइतबार एकै दिन १६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad