छापा खबर


नेकपामा विवाद : ओली, प्रचण्ड र नेपालका आ-आफ्नै तयारी

नेकपामा विवाद : ओली, प्रचण्ड र नेपालका आ-आफ्नै तयारी

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ०:१३,

अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट बेग्ला बेग्लै परामर्शमा सक्रिय भएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

तीनजनै शीर्ष नेताहरुले भावी कदम र अबका रणनीतिमा केन्द्रीत रहेर समूहका नेताहरुसँग परामर्श लिएका हुन्। आइतबार साँझसम्म शीर्ष नेताहरुबीच ठोस समझदारी बनेको छैन।

प्रधानमन्त्री ओलीले आइतबार बिहानैदेखि साँझसम्म निकट नेता, मन्त्रीहरु तथा कानुनविदहरुसँग परामर्श गरेका छन्।

प्रचण्डले निजी निवास खुमलटारमा स्थायी समिति सदस्य जनार्दशन शर्मा र वर्षमान पुनलगायतसँग परामर्श गरेका छन्।

प्रचण्डले प्रधानमन्त्री बैठक छल्ने प्रयासमै रहे पनि दबाबपछि सोमबार बुलुकीसम्म सचिवालय बैठक बस्ने सम्भावना रहेको र त्यहाँबाट स्थायी समिति बैठकको मिति तय हुन सक्ने आफू निकट नेताहरुलाई जानकारी गराएका छन्।

उता बरिष्ठ नेता माधव नेपालले भने स्थायी समितिका निकट नेताहरुसँग कोटेश्वरमा छुट्टै परामर्श गरेका छन्।

परामर्शमा नेताहरु सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र रघुजी पन्तलगायतका नेता सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad