समाज


कोसी प्रदेशका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिँदै

कोसी प्रदेशका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिँदै

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १८:४९, काठमाडौँ

विभिन्न दुर्घटनामा ज्यान गुएकाहरूलाई कृत्रिम हात वितरण गरिने भएको छ। करुणा फाउन्डेसन र जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा कोसी प्रदेशका २०४ जनालाई नि:शुल्क कृत्रिम हात वितरण गर्न लागिएको हो।
 
नेपालमा हरेक वर्ष दुर्घटना,  करेन्ट, विभन्न्न संक्रमण, वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको संख्या बढ्दै गएको छ। हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्ति विभिन्न प्रकारका कृत्रिम अंगको प्रयोग गरिरहेका छन्। 

करुणा फाउण्डेसन नेपालबाट कृत्रिम हातको आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएपछि, देशभरका जम्मा ४२८ जना व्यक्तिहरूलाई कृत्रिम हातको आवश्यकता भएको सूचीबद्ध गरिएको छ। 

करुणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा आगामी कात्तिक १७ गतेदेखि २६ गतेसम्म, २०८२ इटहरीमा निःशुल्क हल्का, सहज र प्राकृतिक देखिने कृत्रिम हात वितरण तथा जडान कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

यस कार्यक्रममार्फत पहिलो चरणमा २०४ जनालाई कृत्रिम हात जडान गरिनेछ। लाभग्राहीहरूको विवरण देशभरबाट सङ्कलन गरिएको भए पनि पहिलो चरणमा कोसी प्रदेशका लाभग्राहीहरूलाई कृत्रिम हात निःशुल्क वितरण गरिने संस्थाले जनाएको छ।

कृत्रिम हात जडानको लागी जर्मन, न्युजिल्याण्ड र युगान्डाका विज्ञहसहितको प्राविधिक टोली नेपाल आउँदैछन्। कृत्रिम हात जडानपछि लाभग्राहीहरूले आफ्नो दैनिकीका कामहरू खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यवसायिक कामहरू गर्न सहजता अनुभवगर्न सक्ने बताइएको छ।  

कोसी प्रदेशको भोजपुरका १०, इलामका ३, झापाका ६१, खोटाङका २५, मोरङ्गका १४, ओखलढुंगाका १९, पाँचथरका २२, सोलुखुम्बुका ८, सुनसरीका ८, तेह्रथुमका २ र उदयपुरका २५ जनालाई कृत्रिम हात जडान गरिनेछ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad