समाज


झापामा जंगलभित्र लगेर कारमा आगजनी

झापामा जंगलभित्र लगेर कारमा आगजनी

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १५:३५, झापा

मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ। 

मेची राजमार्ग अन्तर्गतको चारआली–चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।

कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ।

उनले भने, ‘जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए।

चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन्। आगजनीपछि कार चालक फरार भएका छन्। स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad