ग्लोबल


ट्रम्प–सी भेटवार्ता : चीनले के गर्‍यो अमेरिकाले १० प्रतिशत कर घटाउँदा?

ट्रम्प–सी भेटवार्ता : चीनले के गर्‍यो अमेरिकाले १० प्रतिशत कर घटाउँदा?

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १५:३०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियामा भएको भेटवार्तामा व्यापार सम्झौतालाई अन्तिम रूप दिइएको छ। यसमा हस्ताक्षर हुन भने बाँकी छ।

ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका फर्किंदै गर्दा विमानमा पत्रकारहरूलाई सीसँगको भेटवार्ताबारे जानकारी गराए। 

उनले चीनलाई लगाइएको भन्सार कर १० प्रतिशत घटाइएको घोषणा गरे। बदलामा चीनका राष्ट्रपति सीले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्न सहमत भएको दाबी उनले गरे। 

ट्रम्पले भने, ‘मैले फेन्टानिलका कारण चीनमाथि २० प्रतिशत कर लगाएको थिएँ, जुन धेरै उच्च थियो। तर मैले अब यसमा १० प्रतिशत घटाएको छु। यो तुरुन्तै लागु हुनेछ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार दक्षिण कोरियाको बुसानमा ट्रम्प र सीबीच १०० मिनेट भेटवार्ता भएको थियो। व्यस्त तालिकाका कारण दुई नेताबीचको बैठक बुसान विमानस्थलमा भएको थियो।

ट्रम्प र सीबीच ६ वर्षपछि भेट भएको हो। यसअघि उनीहरूबीच अन्तिम भेट २०१९ मा भएको थियो।

बैठकका क्रममा ट्रम्प र सीले एकअर्कालाई हात मिलाएर अभिवादन गरेका थिए। 

उनले वार्ताअघि भनेका थिए, ‘सी एकदमै कडा वार्ताकार हुन्, जुन राम्रो कुरा होइन। हामी एकअर्कालाई राम्ररी चिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad