समाज


वर्षा : कहिले, कुन जिल्लामा सतर्क रहने?

वर्षा : कहिले, कुन जिल्लामा सतर्क रहने?

बिहीबार बिहान ललितपुरको पुल्चोकबाट खिचिएको तस्बिर


नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १४:५२, काठमाडौँ

मुख्य रूपमा 'मोन्था' चक्रवातका कारण अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। 

मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकास भई भारतको आन्ध्र प्रदेश प्रवेश गरी नेपालको तराईनजिक आइपुगेको मोन्था चक्रवातको प्रभावले वर्षा गराइरहेको हो। 

यसको प्रभाव शनिबार (कात्तिक १५ गते) बिहानसम्म जारी रहने भएकाले यस अवधि विभिन्न जिल्लाका बासिन्दालाई होसियारी अपनाउन मौसम महाशाखाले चेतावनी जारी गरेको छ। 

यस्तो छ, मौसम महाशाखाले जारी गरेको चेतावनी सूची-

कात्तिक १३ बिहीबार (आज)

सतर्क रहने
कोसी, मधेस, बागमती प्रदेशका सबै जिल्ला तथा गोरखा, नवलपुर, नवलपरासी, रुपन्देही जिल्लामा सतर्क रहने।
अद्यावधिक रहने
-कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लामा अद्यावधिक रहने।

कात्तिक १४ शुक्रबार

सतर्क रहने
कोसी, मधेस, बागमती प्रदेशका सबै जिल्ला तथा गोरखा जिल्लामा सतर्क रहने।

अद्यावधिक रहने
गण्डकी प्रदेशका सबै जिल्लामा अद्यावधिक रहने।

कात्तिक १५ शनिबार

सतर्क रहने
संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा जिल्लामा सतर्क रहने।

अद्यावधिक रहने
मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लामा अद्यावधिक रहने।

शनिबारसम्म हुने सम्भावित वर्षा/हिमपातबारे यस्तो छ, मौसम महाशाखाको प्रक्षेपण-  

कात्तिक १३ गते (बिहीबार

दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। 

राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। 

कोसी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कात्तिक १४ गते (शुक्रबार

दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थान तथा कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी पहाड र हिमाल भूभागका एक-दुई  स्थानमा मध्यम हिमपातको सम्भावना छ।  कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कात्तिक १५ गते (शनिबार

दिउँसो : कोसी प्रदेशका केही स्थानमा मध्यम वर्षा र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : कोसी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad