समाज


अन्नपूर्ण बेसक्याम्पबाट सशस्त्रले गर्‍यो १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

अन्नपूर्ण बेसक्याम्पबाट सशस्त्रले गर्‍यो १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ११:२९, काठमाडौँ

सशस्त्र प्रहरीले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट एकसय ६२ जना पर्यटकको उद्धार गरेको छ। 

अब अन्नपूर्ण बेसक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक अलपत्र अवस्थामा नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानारी दिए। 

आज बिहानसम्ममा बेसक्याम्पबाट सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ। अन्नपूर्ण बेसक्याम्पमा अहिले हिउँ पहिरो खसिरहेको छ। 

सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज बेसक्याम्प तर्फ गएको थियो। 

सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म एकसय ६२ जनाको उद्धार गरेको हो। 

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकको डोरीको सहायतालेबाटो पहिल्याउँदै उद्दार गरिएको थापाले जानारी दिए। 

सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ। 

हिमपात भइरहँदा पनि बेसक्याम्पतर्फ हिंडेका केही पर्यटकलाई बीचबाटै फर्काइएको छ। हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो। 

मंगलबार बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित एकसय ६२ जनाको उद्धार भएको हो। उद्धार गरिएका पर्यटकलाई गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएकन स्थानसम्म सुरक्षित ल्याइएको छ। 

उनीहरू सबै अहिले हिमपात नभएको सुरक्षित स्थानमा बसिरहेका छ्न्। उद्धार गरिएका केही पर्यटकमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या नदेखिएको डीएसपी थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad