आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ब्याटिङ थालेको छ।
दुबईमा जारी तीन देश सम्मिलित सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन्।
आफ्नो दोस्रो खेलमा पनि नेपालले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ।
नेपाल र युएई लिग-२ को तालिकामा अन्तिममा छन्।
१७ खेलबाट ६ अंक जोडेको यूएई अन्तिममा रहँदा समान खेलबाट १२ अंक जोडेको नेपाल एकस्थान माथि छ।
अब नेपालले शनिबार अमेरिकासँग र अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ।
111
Shares

प्रतिक्रिया