भारत फर्किसकेपछि कोरोना संक्रमण पुष्टि भएका दुई भारतीयसँगै काम गर्ने ११ नेपालीमध्ये २ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ (कोरोना नरहेको) आएको छ भने बाँकीको जाँच जारी छ।
आइतबार बिहान बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले टेलिफाेनमा नेपालखबरसँग भने, ‘ती संक्रमित भारतीयसँगै काम गरेकामध्ये बढी हिमचिम भएका, कोठामै सँगै बस्ने गरेका दुई नेपालीको पीसीआर परीक्षणकाे नतिजाचाहिँ नेगेटिभ आएको छ। अब बाँकीको पनि स्वाब परीक्षण गर्ने क्रममा छौं।’
उनका अनुसार त्यसका लागि आज उनीहरूको स्वाब संकलन भइरहेको छ। ती सबैकाे स्वास्थ्य अवस्था सामान्य छ।
‘जहाँसम्म लाग्छ, ती भारतीयलाई भारत गइसकेपछि उतै संक्रमण सरेको हुनुपर्छ, नेपालमा होइन,’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने।
याे पनि:
बर्दियामा ११ नेपालीसँग काम गर्ने दुई भारतीयमा देखियो कोरोना, दुई गाउँ सिल

प्रतिक्रिया