भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन्।
अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद–बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। रासस
24
Shares

प्रतिक्रिया