समाज


बीपी राजमार्गमा कार ४२ फिट तल खस्यो, १ को मृत्यु, २ जना घाइते

बीपी राजमार्गमा कार ४२ फिट तल खस्यो, १ को मृत्यु, २ जना घाइते

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १३:१२, सिन्धुली

सुनकोसी गाउँपालिका-६, चैनपुरस्थित बीपी राजमार्गमा मंगलबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा बिहान करिब ११ः १५ बजे सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनापछि अर्जेलको गम्भीर चोटका कारण उपचारका क्रममा १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्। उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्। 

सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने निशान्तको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक रामकाजी कार्की र सहायक प्रहरी निरीक्षक धर्मराज फुयालको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको थियो। 

प्रहरीले घाइतेको तत्काल उद्धार गरी नजिकैको आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पुर्‍याएको जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad