समाज


सुत्केरीको मृत्युपछि किस्ट अस्पताल तनावग्रस्त

सुत्केरीको मृत्युपछि किस्ट अस्पताल तनावग्रस्त

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १६:२, काठमाडौँ

सुत्केरी महिलाको मृत्यु भएपछि ललितपुरको किष्ट मेडिकल कलेज तनावग्रस्त भएको छ। गत शुक्रबार सुत्केरी ब्यथा लागेर आएकी ३४ वर्षीया मिनाश्री राईको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

सुत्केरी गराउने क्रममा लापरवारी भएको भन्दै अस्पताल परिसर भित्र प्रदर्शन र तोडफोड भएको हो।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अस्पतालभित्र अश्रुग्यास हानेको छ। मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा केही घाइते भएका छन्। 

घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको अस्पतालका एक कर्मचारीले जानकारी दिएका छन्।

मृतकका आफन्तले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको ति कर्मचारीको भनाई छ।

के भन्छन् मृतकका आफन्त?
परिवारका अनुसार गर्भवती अवस्थादेखि किष्ट अस्पतालमा नै देखाइरहेको मिनाश्री चिकित्सकले दिएको समयमै सुत्केरी गराउन गत शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी थिइन्।

मिनाश्री अस्पताल भर्ना भएपछि साँझ साढे ५ बजेसम्म पनि सुत्केरी ब्यथा नलागेको तर चिकित्सकले नर्मल डेलिभरी हुन्छ भनेर आलटाल गरेको मृतकका दाइ देवेन्द्र राईले बताए।

‘चिकित्सकले बच्चा राम्रो छ। नर्मल डेलिभरी नै हुन्छ भन्नु भएको थियो। एक्कासी धेरै रगत बग्यो, रगत चाहियो भन्न थालियो। मेरो बहिनीको रगत धेरै बगेर नै मृत्यु भएको हो,’ उनले भने। 

गर्भवती अवस्थामा नियमित किष्ट अस्पतालमै चेकअप गराएकी उनी चिकित्सकको सल्लाह बमोजिम नै कात्तिक ७ गते डेलिभरी गराउन अस्पताल भर्ना भएको दाइ देवेन्द्रले बताए। 

देवेन्द्र भन्छन्, ‘बहिनी र बच्चाको स्वास्थ्य अवस्था राम्रै थियो। बिहान आफैं हिँडेर आएकी बहिनी अस्पतालको लापरबाहीका कारण मृत्यु भयो।’

इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा रगत बग्न नरोकिएर बहिनीको मृत्यु भएको देवेन्द्रको दाबी छ।

बहिनीको मृत्युपछि अस्पतालले छलफल गर्न बोलाएपनि मुख्य व्यक्ति नआएका कारण छलफलमा नबसेको उनी बताउँछन्। 

‘कर्मचारीलाई छलफलमा राखिएको छ। अस्पतालको मुख्य व्यक्ति आए मात्र हामी छलफलमा बस्छौँ’ उनले भने।

के भन्छ अस्पताल प्रशासन?
किष्ट अस्पताल प्रशासनले भने सुत्केरी गराउने क्रममा महिलाको मृत्यु भएको स्वीकार गरेको छ। तर, लापरवाही नभएको अस्पतालको दाबी छ।

मृतकका आफन्तलाई घटनाको विवरण बुझाउन बोलाउँदासमेत नआएको अस्पतालको भनाई छ। पीडितले दुई करोड रकम माग गरेको पनि अस्पतालको दाबी छ। 

एक कर्मचारीले भने, ‘छलफल गर्न खोज्दा डेढ दुई करोड रकम माग गरिएको छ। त्यति दिन सक्ने कुरै हुँदैन। बरु कानुनी उपचारमा जान्छौँ।’ 

आइतबारको सो घटनापछि हिजोदेखि नै मृतकका आफन्तले अस्पतालमा तोड्फोड गरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad