राजनीति


आगजनी र तोडफोडमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्छ: मुख्यमन्त्री आचार्य

आगजनी र तोडफोडमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्छ: मुख्यमन्त्री आचार्य

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १६:१९, बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। 

नेकपा एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए। उनले भने, 'धैर्यताको बाँध अझै टुटेको छैन। कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो। तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ। धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन्।'

उनले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको औँल्याए। उनले भने, 'संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ।'

सम्बोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad