समाज


थापाथलीका अवैध संरचनामाथि महानगरले चलायो डोजर

थापाथलीका अवैध संरचनामाथि महानगरले चलायो डोजर

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १२:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अवैध संरचनामाथि डोजर चलाएको छ। महानगरपालिका-१९ स्थित थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने सडक छेउमा बनेका नक्सापासबिनाका संरचनामाथि डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुरनाथ पाण्डेले जानकारी दिए।  

उनले त्यहाँस्थित गुठीसँगको समन्वयमा संरचनामाथि डोजर चलाइएको पनि बताए।

'अहिले भत्काइएका कुनै पनि संरचनाको नक्सापास छैन। हामीले यहाँको गुठीसँग समन्वय गरेर काम गरिरहेका छौँ' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad