समाज


छठ मनाउन काठमाडौँ महानगरपालिकाले तोक्यो ८ स्थान

छठ मनाउन काठमाडौँ महानगरपालिकाले तोक्यो ८ स्थान

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १२:२९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ। 

काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। उनका अनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ। 

यी ठाउँहरुमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डले जानकारी दिए। उनका अनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। काठमाडौँ महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रुपमा तयारी गरिएको उनले जानकारी दिए।

उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए। उनले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरे।

उनले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गरे। यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ। छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad